सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस १५औँ महाधिवेशनः दोस्रो दिन आज बन्द सत्र सञ्चालन

२०८३ असोज १९, ०७:३३ खबर संवाददाता

काठमाडौँः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि सुरु हुँदैछ।

आइतबार काठमाडौँमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान ९ बजेदेखि बन्द सत्र सुरु हुन लागेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। आजको बन्द सत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। यसैबिच, महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजै साँझदेखि निर्वाचन सम्बन्धी प्रारम्भिक प्रक्रियाहरू अघि बढाइनेछ।

कमेन्ट लोड गर्नुस