बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु
बाजुराः बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको बुढीगंगा नगरपालिका–२ परिवनका करिब ४२ वर्षीय धनबहादुर केसीको विद्युत्को पोलमा करेन्ट लागेर मृत्यु भएको हो। केसीलाई सोही वडास्थित परिवन सामुदायिक वनभित्र गाडिएको केन्द्रीय विद्युत् लाइनको पोलमा करेन्ट लागेर घटनास्थलमै मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
आइतवार राति करिब ९ः५० बजे जिल्ला प्रहरी कार्यालय बाजुरामा जानकारी गराएका थिए। त्यसपछि अस्थायी प्रहरी बेस क्याम्प बल्देबाट प्रहरी सहायक हवल्दार रतनबहादुर साउदको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।