सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका तीन जना लागूऔषधसहित पक्राउ

२०८३ असोज १९, १०:३१ खबर संवाददाता

धनगढीः धनगढीका तीन जना लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ डिके पेट्रोल पम्प नजिकबाट लागूऔषध ब्राउन सुगर २४८ मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय युवक पक्राउ परेका हुन्।

ती युवकलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

यसैगरी, धनगढी उपमहानगरपालिका–६ जाईबाट अवैध लागूऔषध ब्राउन सुगर २०२ मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय र ३८ वर्षीय पुरुष पक्राउ परेका छन्। यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार राति पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस