बन्यजन्तु अबैध शिकार मुद्दामा फरार अछामका एक जना पक्राउ
२०८३ असोज २०, ०९:२६
अछामः बन्यजन्तु अबैध शिकार मुद्दामा फरार अछामका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत अछामको मिति २०८२ फागुन १६ गतेको फैसलाले बन्यजन्तु अबैध शिकार मुद्दामा १ महिना कैद सजाय र ५ पाँच हजार जरिवाना तोकिएको बान्निगढी जयगढ गाउँपालिका–६ बस्ने ३६ वर्षीय जयन्द्र शाह पक्राउ परेका हुन्। शाहलाई प्रहरी चौकी जयगढ, अछामबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस