सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधसहित ४ जना पक्राउ

AI image
AI image
२०८३ असोज २०, ०९:४६ खबर संवाददाता

धनगढीः कैलालीमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन्।

कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउन सुगर ७८० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका–१ बस्ने २६ वर्षीय बिशाल विष्ट, लम्कीचुहा नगरपालिका–२ बस्ने ३४ वर्षीय रामबहादुर शाही र लम्कीचुहा नगरपालिका–५ बस्ने २१ वर्षीय बिज्ञान भण्डारी पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ सुदूरपश्चिम प्रदेश ०१–०११ प ६७१४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी तिनै जनालाई पक्राउ गरेको जनाएको छ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरा रानागाउँबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम ४५ मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय सुरेश राना पक्राउ परेका छन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुकी पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस