सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसको महामन्त्रीमा नैनसिंह महरले दिए उम्मेदवारी

२०८३ असोज २०, ०२:१८ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसका महामन्त्री पदका लागि नेता नैनसिंह महरले उम्मेदवारी दर्ता गरेका छन्। महरले पार्टीको १५औँ महाधिवेशनस्थल पुगेर महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

पार्टीको नेतृत्वमा नयाँ पुस्ताको भूमिका बलियो बनाउनुपर्ने बताउँदै आएका महरले कांग्रेसलाई नयाँ पुस्ताको विचार, ऊर्जा र नेतृत्वसँग अघि बढाउने एजेन्डासहित महामन्त्रीमा उम्मेदवारी दिएका हुन्।

महरले कांग्रेसभित्र विभाजित रहेका विभिन्न धारलाई एक ठाउँमा ल्याएर पार्टीलाई बलियो बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताए ।

कमेन्ट लोड गर्नुस