सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भन्सार छलीका सामानसहित २ जना पक्राउ

२०८३ असोज २२, ०९:२९ खबर संवाददाता

धनगढीः धनगढीबाट भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरा स्थित सोही ठाउँ बस्ने  ३६ वर्षकी रञ्जना राना पक्राउ परेकी हुन्। रानाले अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ३ लाख ५३ हजार बराबरको सुटपिस, चुन्नी, अन्य कपडा लगायतका सामान घरमा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो आवश्यक प्रक्रिया पुरा गरी उक्त कपडासहित उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिवेणीघाट स्थित सोही ठाउँ बस्ने ४५ वर्षीय जिवन ढुंगाना भन्सार छलीका सामानसहित पक्राउ परेका छन्। ढुंगानाले अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २ लाख ७० हजार बराबरको टेन्टको पर्दा लगायतका सामान घरमा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार राति आवश्यक प्रक्रिया पुरा गरी उक्त टेन्ट सहित उनलाई नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस