स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
पोखरा: कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा १४ जना घाइते भएका छन्।
कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो।
बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पुर्याइएकोमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा करिब १२ देखि १४ वर्ष उमेर समूहका चार बालबालिका र पोखरा महानगरपालिका–२८ का ६५ वर्षीय बाबुराम तिवारी रहेका छन्। तिवारी उपचारका लागि जान बसमा लिफ्ट मागेर चढेको बताइएको छ।
दुर्घटनामा घाइते भएका तीन जनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी अस्पतालमा उपचार भइरहेको छ। घा