सुदूर नेपाललाई विश्वसँग जोड्दै

बूढीगण्डकी बाढीः कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

२०८३ असोज २५, ०३:०५ रासस

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण उत्पन्न घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उनले आज सामाजिक सञ्जालमार्फत बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पु¥याउनुका साथै पुलसमेत बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गर्नुभएको हो ।

सभापति थापाले आज बिहान आएको बाढीले न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुल बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै बूढीगण्डकीबाट त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उनले नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशन पालना गर्न अनुरोध गर्नुभएको छ । 

विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न सभापति थापाले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ । उनले बाढी प्रभावित क्षेत्रमा हुन सक्ने थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरे ।
 

कमेन्ट लोड गर्नुस