सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा वर्षौंदेखि कर नतिरेका सवारीधनीलाई राहत, दुई वर्षको कर तिरे पुरानो बक्यौता मिनाहा

२०८३ असोज २६, ०७:४१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षभन्दा बढी समयदेखि सवारीसाधन कर नबुझाएका र नवीकरण नगरेका सवारीधनीलाई राहत दिने भएको छ। प्रदेश सरकारले पछिल्ला दुई आर्थिक वर्षको कर तथा नवीकरण दस्तुर बुझाएमा त्यसअघिको कर, शुल्क र जरिवाना छुट दिने व्यवस्था गरेको हो।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रदेश सरकारले यस्तो व्यवस्था गरेको हो। जसअनुसार तीन वर्षभन्दा बढी अवधिको कर तथा नवीकरण दस्तुर नबुझाएका सवारीधनीले २०८३ चैत मसान्तसम्म पछिल्ला दुई वर्षको सवारीसाधन कर र नवीकरण शुल्क बुझाएमा अघिल्ला आर्थिक वर्षको कर, नवीकरण शुल्क तथा जरिवाना तिर्नुपर्ने छैन।

’तीन वर्षभन्दा बढी अवधिसम्म नियमानुसार बुझाउनुपर्ने सवारीसाधन कर नबुझाएका र नवीकरण नगरेका सवारीको गकमा पछिल्लो दुई वर्षको सवारी साधन कर र नवीकरण शुल्क ०८३ चैत मसान्तसम्म बुझाएमा सोभन्दा अघिमा आर्थिक वर्षमा लाग्ने नियमानुसारको सवारीसाधन कर र नवीकरण शुल्क–जरिवाना नलाग्ने व्यवस्था गरेको छु,झ आइतबार बजेट सार्वजनिक गर्दै आर्थिक मामिलामन्त्री चक्र मल्लले भने। यस्तै, कुनै सवारीसाधन हराएको अवस्थामा सम्बन्धित अवधिको सवारीसाधन कर, नवीकरण शुल्क र जरिवानासमेत छुट हुने व्यवस्था गरिएको मन्त्री मल्लले जानकारी दिए।

कमेन्ट लोड गर्नुस