धनगढीमा चाङ्गानको नयाँ शोरूम
धनगढीः कैलालीको धनगढीमा चिनियाँ सवारीसाधन निर्माता चाङ्गानका विद्युतीय गाडीको नयाँ शोरूम सञ्चालनमा आएको छ।
चाङ्गन अटोमोबाइलको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पअन्तर्गत धनगढीका लागि आधिकारिक डिलर ग्लोबल प्रालिले वडा नम्बर राजपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। शोरुम उद्घाटनसँगै कम्पनीले नयाँ विद्युतीय एसयूभी चाङ्गन नेभो क्यू०५ (नेभो क्यू०५) सार्वजनिक गरेको छ।
शोरूम उद्घाटनका अवसरमा सार्वजनिक भएको नेभो क्यू ०५ को अल्ट्रा संस्करणको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ। नयाँ गाडीको विशेषता र प्रविधिबारे ग्राहकलाई जानकारी दिन असोज २६ देखि २९ गतेसम्म चारदिने परीक्षण सवारी कार्यक्रमसमेत आयोजना गरिएको छ।
कम्पनीका अनुसार नेभो क्यू ०५ सहरी तथा पारिवारिक यात्रालाई लक्षित गरी तयार पारिएको विद्युतीय खेलकुद उपयोगी गाडी हो। यसमा १२० किलोवाट क्षमताको विद्युतीय मोटर र ४८.८ किलोवाट घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ। एकपटक पूर्ण चार्ज गर्दा यसले एनईडीसी परीक्षण मापदण्डअनुसार ४६२ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
गाडीमा सीएटीएल कम्पनीको ‘गोल्डेन सिल्ड २.०’ ब्याट्री प्रविधि प्रयोग गरिएको छ। कम्पनीका अनुसार उपयुक्त चार्जिङ अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट घण्टा रहेको जनाइएको छ।
नेभो क्यू ०५ मा यात्रुको आरामलाई ध्यानमा राख्दै फराकिलो भित्री भाग र सामान राख्न पर्याप्त ठाउँको व्यवस्था गरिएको जनाइएको छ। यसको दुई पाङ्ग्राबीचको दूरी २ हजार ६३५ मिलिमिटर तथा सामान राख्ने भागको क्षमता ४८० लिटर रहेको कम्पनीले जनाएको छ। यसले पारिवारिक यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार गाडीको डिजाइन फक्सवागन समूहका पूर्व डिजाइन प्रमुख क्लाउस जिकियोराको नेतृत्वमा तयार गरिएको हो। यसले ‘गोल्डेन ए डिजाइन अवार्ड’ समेत प्राप्त गरेको जनाइएको छ। चिनियाँ बजारमा पनि यो गाडीले राम्रो बजार पाएको कम्पनीको दाबी छ। कृष्णदेव उप्रेती र हितेश ओझाको नेतृत्वमा स्थापना भएको ग्लोबल प्रालिले धनगढी तथा आसपासका क्षेत्रका ग्राहकलाई विद्युतीय सवारीसाधनको बिक्री, परीक्षण सवारी र बिक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। असोज २६ देखि २९ गतेसम्म सञ्चालन हुने परीक्षण सवारी कार्यक्रममा सहभागी भएर ग्राहकले नेभो क्यू०५ को विशेषता र यात्राको अनुभव प्रत्यक्ष रूपमा बुझ्न सकिने कम्पनीले जनाएको छ।