कञ्चनपुरबाट डेढ लाखका अवैध कुखुराका चल्ला बरामद
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छली गरी भारतबाट ल्याइएका करिब १ लाख ५० हजार रुपैयाँ मूल्यका कुखुराका चल्ला प्रहरीले बरामद गरेको छ।
मंगलबार राति भीमदत्त नगरपालिका–११ भुजेलाबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका चल्ला बेवारिसे अवस्थामा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चल्ला फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।