सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता

२०८३ असोज २९, ०४:२९ रासस

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीले शिष्टाचार भेटवार्ता गरे।

मन्त्रालयमा आज भएको भेटवार्ता मन्त्री खनालले नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतका रूपमा नियुक्त हुनुभएकामा राजदूत लिस्टयोवतीलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे । 

भेटका अवसरमा दुवै पक्षले नेपाल र इन्डोनेसियाबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध तथा सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

कमेन्ट लोड गर्नुस