सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता

२०८३ असोज २९, ०५:१३ रासस

अछाम: कर्णालीमा नुहाउने क्रममा मङ्गलसेन नगरपालिका–७ की १२ वर्षीय ममता शाही बगेर बेपत्ता भएकी छन्।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालस्थित अछाम र दैलेख जिल्लाको सिमानास्थित कर्णालीमा नुहाउने क्रममा उनी बगेर बेपत्ता भएकी प्रहरी नायब उपरीक्षक पबिन्द्र बमले जानकारी दिए। 

काठमाडौँबाट मङ्गलसेन आउँदै गरेकी शाहीसगै बगेकी भावना र निर्मला शाहीलाई स्थानीय कुमार विष्टले सकुसल उद्धार गरेका थिए। उनीहरु दुवैको अवस्था सामान्य रहेको छ।

बेपत्ता भएकी ममताको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित रहेको नायव उपरीक्षक वमले जानकारी दिए।

कमेन्ट लोड गर्नुस