सुदूर नेपाललाई विश्वसँग जोड्दै

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

२०८३ कार्तिक १, ०३:०४ रासस

सुनसरी : इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट  ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन् ।

उक्त टोलको हनुमान् मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आज बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले बताए ।
इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव तथा दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादवलाई एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । 
 

कमेन्ट लोड गर्नुस