सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनसान धनगढी (तस्बिरहरू)

२०८३ कार्तिक २, ०९:५६ खबर संवाददाता

धनगढी: बडादसैँ मनाउन सर्वसाधारण गाउँ फर्किएसँगै सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी सुनसान बनेको छ। सधैँजसो मानिसको चहलपहल र सवारीसाधनको भीडभाड रहने धनगढीका मुख्य सडक यतिबेला सुनसान देखिन थालेका छन्।

दैनिक कामकाज, व्यापार व्यवसाय र किनमेलका लागि व्यस्त रहने बजार क्षेत्रमा पनि चहलपहल घटेको छ। सडकमा हिँड्डुल गर्ने मानिस र गुड्ने सवारीसाधन फाट्टफुट्ट मात्रै देखिन्छन्। 

रोजगारी, व्यापार, अध्ययन तथा विभिन्न कामको सिलसिलामा धनगढीमा बस्दै आएका सर्वसाधारण दसैँ मनाउन आफ्नो जन्मथलो फर्किएपछि सहरको दृश्य फेरिएको हो।

 

 

कमेन्ट लोड गर्नुस