सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपीएलमा पहिलो पटक डीआरएस प्रयोग हुँदै

२०८३ कार्तिक ३, १०:१३ खबर संवाददाता

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रणाली प्रयोग हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो सिजन डीआरएस प्रणाली भित्र्याएको घोषणा गरेको हो ।

‘सिद्धार्थ बैंकको प्रस्तुतिमा नेपाल प्रिमियर लिग मा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली भित्र्याइएको छ’, एनपीएलको पेजमा लेखिएको छ, ‘यसले नेपाली क्रिकेटमा एउटा नयाँ ऐतिहासिक उपलब्धि थपेको छ ।’

कमेन्ट लोड गर्नुस