सुदूर नेपाललाई विश्वसँग जोड्दै

दसैँमा धनगढी उपमहानगरपालिकाको निःशुल्क यातायात सेवा

२०८३ कार्तिक ४, ०२:३९ खबर संवाददाता

धनगढी: दसैँको टीका थाप्न आफन्तको घर जाने नागरिकलाई लक्षित गर्दै धनगढी उपमहानगरपालिकाले निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ।

उपमहानगरपालिकाका मेयर गोपाल हमालका अनुसार धनगढीको ट्राफिक चौराह, सहिद गेट चोक र क्याम्पस चोकबाट सेवा उपलब्ध गराइएको छ।
नगर प्रहरीमार्फत जिप र मोटरसाइकल प्रयोग गरी नागरिकलाई गन्तव्यसम्म पुर्‍याउने व्यवस्था मिलाइएको मेयर हमालले बताए।

दसैँका दिन आवतजावत गर्नुपर्ने तर आफ्नै सवारीसाधन नभएका नागरिकलाई उपमहानगरपालिकाको निःशुल्क यातायात सेवाको लाभ लिन आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस