खैरो हिरोइन मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ
२०८३ कार्तिक १०, ०७:४६
कञ्चनपुरः खैरो हिरोइन मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ मंसिर १५ गतेको फैसलाले लागूऔषध (खैरो हिरोइन) मुद्दामा ५ महिना कैद सजाय र ७ हजार जरिवाना तोकिएको बेदकोट नगरपालिका–५ बस्ने ३० वर्षीय महेश डगांैरा पक्राउ परेका हुन्। डगांैरालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस