छोरीको जन्मदिनमा रामलीला समितिलाई ११ हजार १११ रुपैयाँ सहयोग
कञ्चनपुर: कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -९ लालपुरका प्रकाश कलौनीले छोरी आराध्या कलौनीको दोस्रो जन्मदिनको अवसरमा सुन्दरपुरस्थित श्री सुन्दरपुर रामलीला समितिलाई ११ हजार १११ रुपैयाँ सहयोग गरेकि छन्।
उक्त रकम कलौनीका सहोदर भाइ वीरेन्द्र कलौनी र सागर कलौनीले क्यूआर मार्फत समितिलाई पठाएकी हुन्। जन्मदिनको अवसरमा सामाजिक तथा धार्मिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले सहयोग गरिएको जनाइएको छ।
कलौनी परिवारले विगतदेखि नै जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै आएको छ। परिवारले छोरा योगेश कलौनीको जन्मदिन अनाथालयमा र छोरी आरवी कलौनीको जन्मदिन बैजनाथ धाम वृद्धाश्रममा मनाउँदै आएको छ। जन्मदिनमा हुने खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्यसहित परिवारले हरेक वर्ष रचनात्मक कार्य गर्दै आएको छ।
छोरी आराध्याको दोस्रो जन्मदिनमा प्राप्त सहयोगले समितिका गतिविधि सञ्चालनमा सहयोग पुग्ने श्री सुन्दरपुर रामलीला समितिका कोषाध्यक्ष दलबहादुर कुँवरले बताए। उनले सहयोगका लागि कलौनी परिवारलाई धन्यवादसमेत व्यक्त गरेका छन्।