आज सुनचाँदीको मूल्य घट्यो
२०८३ कार्तिक १३, ११:३९
काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा तीन हजार २०० र चाँदी १०५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८२५ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० र असली चाँदी तीन हजार ९३० मा कारोबार भएको थियो ।
कमेन्ट लोड गर्नुस