सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘सुरताल म्युजिक टुर’ हुँदै, प्रमोद खरेल र प्रकाश सपुतको पनि प्रस्तुति

२०८३ कार्तिक १८, ०४:३४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको कला, संस्कृति, पर्यटन तथा सांगीतिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित धनगढीमा पहिलोपटक ‘सुरताल म्युजिक टुर २०८३’ आयोजना हुने भएको छ।

चलचित्र पत्रकार संघ कैलाली शाखाको आयोजना तथा सुरताल इभेन्ट एण्ड एन्जोयमेन्ट प्रालिको सहकार्यमा आगामी मंसिर ४ गते धनगढीस्थित रंगशालामा सांगीतिक कार्यक्रम आयोजना हुन लागेको हो।

‘अब गुञ्जिन्छ नेपाल, एउटै सुर एउटै ताल’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रममा लोकप्रिय कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा गायक प्रकाश सपूत, प्रमोद खरेल लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। साथै सुदूरपश्चिमको स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनसम्बन्धी विशेष प्रस्तुतिहरू पनि समावेश गरिने आयोजकले जनाएको छ।

कमेन्ट लोड गर्नुस