डडेल्धुरामा देउवा पक्षको कांग्रेस सभापतिमा जोशी चयन
धनगढीः नेपाली कांग्रेसका निवर्तनमा सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस इतर पक्षले जिल्ला नेतृत्व चयन गरेको छ। इतर पक्षको जिल्ला सभापतिमा अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी सर्वसम्मत चयन भएका छन्।
देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत आयोजना गरेको जिल्ला अधिवेशनबाट जोशीलाई सभापतिमा चयन गरिएको हो। यसअघि उनी सोही समूहको जिल्ला संयोजक थिए। अघिल्लो जिल्ला अधिवेशनमा भने उनी उपसभापतिमा निर्वाचित भएका थिए।
डडेल्धुरामा देउवा पक्षले गत असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको थियो। वडा, पालिका र प्रदेश निर्वाचन क्षेत्रका अधिवेशनपछि जिल्ला अधिवेशन सम्पन्न गरिएको हो।