सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

२०८३ कार्तिक २१, ०७:२२ खबर संवाददाता

कञ्चनपुरः लागूऔषध मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ असार १७ गतेको फैसलाले लागूऔषध मुद्दामा ५ महिना कैद सजाय तोकिएको शुक्लाफाँटा नगरपालिका–११ अम्मरपुर बस्ने २६ वर्षीय अर्जुन रावल पक्राउ परेका हुन्। रावललाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनकै घर ठेगानाबाट पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस