वीरेन्द्र विद्या मन्दिर क्याम्पस पूर्वविद्यार्थी समाजको नयाँ कार्यसमिति, अध्यक्षमा शाह
टीकापुरः वीरेन्द्र विद्या मन्दिर क्याम्पस, टीकापुरका पूर्वविद्यार्थीहरूलाई एकताबद्ध गर्दै संस्थागत गतिविधिलाई थप सक्रिय र प्रभावकारी बनाउने उद्देश्यले पूर्वविद्यार्थी समाजको नयाँ कार्यसमिति गठन गरिएको छ। पूर्वविद्यार्थीहरूको भेलाले देवेन्द्रबहादुर शाहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मिना चौधरी, सचिवमा नरबहादुर बोहरा, कोषाध्यक्षमा आशा भण्डारी तथा सदस्यहरूमा नूतन रेग्मी र विक्रम कडायत चयन भएका छन्। त्यसैगरी आठ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। सल्लाहकार समितिमा प्रकाश विष्ट, कर्णाखर जैसी, भेषराज देवकोटा, गणेशबहादुर शाही, भरत कठरिया, झलकमान बुढा, लोकबहादुर बुढा र धर्मराज भट्टराई रहेका छन्।
भेलामा क्याम्पस प्रमुख हर्कबहादुर भण्डारी, सहायक क्याम्पस प्रमुख दण्डपाणि पोखरेल, शैक्षिक सङ्काय प्रमुख कलावती स्वारलगायत पूर्वविद्यार्थीहरूको उपस्थिति रहेको थियो।