भीमफेदीमा सुमो दुर्घटना, दुई जनाको मृत्यु, सात जना घाइते
हेटौँडाः मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
आज बिहान ८ः३० बजे हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो। सुमोमा चालकसहित १० जना सवार रहेकामा सात जना घाइते भएका छन्। दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। घाइते तथा मृतकलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।