सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय चलचित्र ‘अधुरो धुन, समयको सारङ्गी’मा धनगढीका राजु प्रिन्स मुख्य भूमिकामा

२०८३ मंसिर ५, ०९:१९ खबर संवाददाता

धनगढी : प्याटटिम कलेक्सन फिल्म प्राइभेट लिमिटेडको निर्माणमा बन्न लागेको राष्ट्रिय चलचित्र ‘अधुरो धुन, समयको सारङ्गी’मा धनगढीका राजु प्रिन्स मुख्य भूमिकाका लागि अनुमोदित भएका छन्। त्यस्तै, अमृत थापा नायकका रूपमा अनुबन्धित भएका छन्।

सानै उमेरदेखि चलचित्र तथा कला क्षेत्रमा रुचि राख्दै आएका राजु प्रिन्सले राष्ट्रिय चलचित्रमार्फत अभिनय क्षेत्रमा प्रवेश गर्ने अवसर पाएका हुन्। मुख्य भूमिकाका लागि अनुमोदित भएसँगै उनको चलचित्र यात्रा नयाँ चरणमा प्रवेश गरेको छ।

निर्माण पक्षका अनुसार ‘अधुरो धुन, समयको सारङ्गी’ राष्ट्रिय भावनासँग जोडिएको कथावस्तुमा आधारित चलचित्र हुनेछ। चलचित्रमा प्रेम, सम्बन्ध, सङ्घर्ष, संवेदना र जीवनका विभिन्न पक्षलाई कलात्मक ढङ्गले प्रस्तुत गरिनेछ।

चलचित्रको निर्माण अमृत थापा र टीकाराम कटेलले गर्नेछन् भने निर्देशन तथा कथा लेखनको जिम्मेवारी वेदप्रसाद भुर्तेलले सम्हाल्नेछन्। त्यसैगरी, सहायक निर्देशकमा नवराज शर्मा रहेका छन्। चलचित्रको सङ्गीत संयोजन महाराज थापा र फरेन्द्र राईले गर्नेछन्। होटल लिबर्टी चलचित्रको आतिथ्य साझेदारका रूपमा रहेको छ।

चलचित्रको प्रदर्शन मिति तथा अन्य कलाकारबारे भने निर्माण पक्षले जानकारी सार्वजनिक गरेको छैन।चलचित्रमा राष्ट्रिय विभिन्न कलाकारहरुको पनि भुमिका रहने बताइएको छ ।

कमेन्ट लोड गर्नुस