सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–४बसपार्क  मिश्र जनरल स्टोरका मिश्र दम्पतिद्वारा कपडा बैंकलाई सहयोग 

२०८३ मंसिर १२, ०३:१४ खबर संवाददाता

धनगढी :धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई १३९० थान कपडा सहयोग गरिएको छ ।

धनगढी–४ बसपार्क  मिश्र जनरल स्टोरका खेमराज मिश्र र उनकी श्रीमती कुर्मा मिश्र दाहालले कपडा बैंकमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो । कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ । हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो । धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन् । 

कमेन्ट लोड गर्नुस