यी हुन ओखरका फाइदा
ओखरलाई ड्राई फ्रुट्समध्येकै उत्तम मानिन्छ । सम्भव भएसम्म हरेक दिन ओखर खानु स्वास्थ्यका दृष्टिकोणले राम्रो हो। दिनहुँ ओखर खाँदाका फाइदा यस्ता छनः मुटु बलियो बनाउँछ ओखरमा ओमेगा–२३ तथा मोनोस्याचुरेटेड फ्याट प्रचुर मात्रामा पाइन्छ।
ओखरमा पाइने विभिन्न तत्वले मुटुलाई कोलेस्टेरोललगायत समस्याबाट जोगाउँछ।
हरेक दिन २५ ग्राम ओखर खानाले उच्च रक्तचाप र मुटुसम्बन्धी रोग लाग्ने जोखिम कम हुन्छ । हड्डी बलियो बनाउँछ ओखरमा पाइने लिनोलिक एसिड, अल्फा लिनोसलक एसिडले हड्डीलाई मजबुत बनाउँछ। यी तत्वले क्याल्सियम सोस्ने र हड्डीमा क्याल्सियम बनाउने क्षमता बढाउँछन्। साथै, पिसाबबाट बढी क्याल्सियमको निकास हुन पनि रोक्छन्। शरीरको समग्र प्रणाली सुधार्छ ओखरमा पाइने विभिन्न प्रकारका एसिडले शरीरमा खनिजको मात्रा घटाउँछ।
ओखर खानाले शरीरमा कपर, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंकलगायत खनिजको कमी हुन पाउँदैन। यसले शरीरको वृद्धि र विकास, वीर्य उत्पादन, पाचन आदिमा सघाउ पु¥याउँछ । मधुमेहमा राहत दिन्छ मधुमेहका रोगीले दिनहँु ओखर खानु उपयुक्त हुन्छ । दिनुहुँ ओखर खाँदा वजन पनि बढ्दैन।
ओखरमा प्रचुर मात्रामा पाइने पोलिस्याचुरेटेड र मोनोस्याचुरेटेड फ्याटले रगतमा चिनी र इन्सुलिनको मात्रालाई सन्तुलनमा राख्न मद्दत गर्छ । क्यान्सरबाट जोगाउँछ ओखर खानाले शरीरमा क्यान्सरग्रस्त कोषिकाहरूको वृद्धि कम हुन्छ । ओखरमा पाइने फेनोलिक कम्पाउन्ड र एन्टी अक्सिडेन्टले क्यान्सरग्रस्त कोषिकाको वृद्धिमा अवरोध सिर्जना गर्ने विभिन्न अनुसन्धानले देखाएका छन्।
जलन कम गर्छ ओखरमा पोलिफेनोलिक कम्पाउन्ड र फाइटोकेमिकल्स पाइन्छ, जसले शरीर दुःख्ने, पोल्ने, जोर्नीमा जलन हुने आदि समस्याबाट राहत दिन्छ । भिटामिन प्रदान गर्छ ओखर विभिन्न भिटामिनको राम्रो स्रोत हो ।
ओखरमा शरीरलाई चाहिने भिटामिन–ई, भिटामिन–बी, भिटामिन–बी ६जस्ता अत्यावश्यक तत्व पाइन्छन् ।
अनिद्रा भगाउँछ अनिद्राको समस्या भएकाहरूलाई ओखर रामबाण हो। सुत्नुअघि भिजाएको ओखर खानाले मीठो निद्रा लाग्छ अथवा खानासँगै सलादमा ओखर छरेर पनि खान सकिन्छ । ओखरमा पाइने मेलाटोनिन नामक तत्वले निद्रा लगाउने गर्छ।
कसरी खाने ?
–ओखरलाई स–साना टुक्रा बनाई काँचो माछा र मासुमा मिसाउने र सँगै पकाइ खाने।
–ओखरलाई पिसेर धुलो बनाइ सलाद, अचार आदिमा मिसाएर खाने।
–दहीमा ओखरका टुक्रा छरेर खाने।