मिस वल्र्ड २०१९ बनिन जमैकाकी २३ वर्षीया सुन्दरी
बेलायतमा सम्पन्न भएको मिस वल्र्डको विजेता जमैकाकी २३ वर्षीया सुन्दरी टोनी आना सिह बनेकी छन्। उनलाई पहिलाकी मिस वल्र्ड मेक्सिकोकी भानेस्सा पोन्सले क्राउन लगाइदिएकी थिईन्।
यसैगरी फस्ट रनर अपमा फ्रान्सकी सुन्दरी ओफले मेजिनो र सेकेन्ड रनर अपमा भारतकी सुन्दरी सुमन राव बनेका छन्। यसअघि विविध विधामा टप ४० मा पर्न सफल उनी अन्ततः मल्टिमिडिया अवार्ड विजेता बनी टप १२ मा पर्न सफल भएकी हुन्। ६९ औं मिस वल्र्ड २०१९ लन्डनको एक्सेल हलमा आयोजना गरिएको थियो। कार्यक्रममा १ सय भन्दा बढी मुलुकका सुन्दरीहरूले प्रतिस्पर्धा गरेका थिए।
मिस वल्र्ड २०१९को सुरुवात नोभेम्बर २० बाट भएको थियो। (एजेन्सी)