सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ६६ वर्षीय पुरुष मृत अवस्थामा फेला

२०८३ मंसिर २, ०८:२१ खबर संवाददाता

बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–९, पिपल चौतारा नजिक एक जना ६६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–८, पैतोला निवासी कृष्ण सुनार रहेका छन्। उनी मंगलबार दिउँसो पिपल चौतारा नजिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ। सुनारको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन।

घटनाबारे थप विवरण आउन बाँकी छ।

कमेन्ट लोड गर्नुस