सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको दाडीमाटीमा स्वास्थ्य केन्द्र स्थापनापछि खुसियाली

२०७६ पुष ११, ०५:०५ खबर संवाददाता

डोटी: डोटीको केआईसिंह गाउँपालिका– २ दाडीमाटी स्थित सामुदायिक स्वास्थ्य केन्द्र र तिखात्तर स्वास्थ्य चौकी भवनको शुक्रबार उद्घाटन गरिएको छ। 

गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले रिबन काटेर स्वास्थ्य केन्द्र र भवनको उद्घाटन गरेका हुन। छुट्टाछुट्टै रूपमा आयोजित उद्घाटन कार्यक्रममा अध्यक्ष शाहीले अब स्थानीयको स्वास्थ्य उपचारमा सहजता आउनेमा विश्वास रहेको बताए। गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा ध्यान दिएको बताउँदै अध्यक्ष शाहीले महिलाहरूको विभिन्न खाले स्वास्थ्य समस्यालाई ख्याल गर्न ठाउँठाउँमा आधारभुत स्वास्थ्य केन्द्र खोलीरहेको बताए।  

स्वास्थ्य केन्द्र खोलेपछि दाडीमाटी, नारीदांग, अमगाउ मौडाका बासिन्दामा खुसियाली छाएको छ। यसअघि सामान्य उपचारका लागि १ देखि ४ घण्टा समय लगाएर उपचारका लागि तिखातर पुग्नुपर्ने बाध्यता रहेको थियो। 

उद्घाटन गरिएको सामुदायिक स्वास्थ केन्द्रबाट प्राथमिक उपचारका साथै प्रसुति सेवा पनि दिईने केआईसिंह गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख तिल बहादुर बोहराले बताए।

कमेन्ट लोड गर्नुस