किन कराउँछ कान ?
कान कराऊनु वा बज्नु भनेको त्यस्ता ध्वनिहरु सुन्नु, जुन शब्द वस्तुतस् उत्पन्न नै भइरहेको छैन। यसलाई अंग्रेजीमा ’टाईनिटस’ भनिन्छ। जस्तैः धन्टी बज्नु, छालऊर्लेको आवाज, स्याँ–स्याँको आवाज, सिठी बजेको, गित गुनगुनाएको वा अरु नै प्रकारका आवाजहरु कानमा निरन्तर वा बन्द हुँदै आउँदै गर्छन्। यस किसमको आवाज एक वा दुबै कानमा सुनिनसक्छ।
जब आसपास सुनसान वातावरण हुन्छ वा एकदमै कम आवाज भइरहेको छ भने त्यसबेला कानमा हुने आवाज (कानकराऊने) असैह्य रुपले बढ्न जान्छ। यहासम्म कि तपाईं कुनै शान्तकोठामा गहिरो निन्द्रामा सुतिरहनु भएको हुन्छ। त्यसबेला पनि तपाईं यस आवाजलाई सुन्नुहुन्छ।
कान किन कराउँछ : टाइनिटस अर्थात कान कराउनुको कारण हो, कानमा संक्रमण हुनु। कान भित्र रुकावट (व्लोकेज) हुनु। प्राय यस्तो पनि देखिऐको छ कानको ईन्फेक्शन वा ब्लोकेज को राम्रोसित ऊपचार गरिएको छ भने कान कराउने समस्याबाट पनि व्याक्ति ले मुक्ति पाउँछ। यदि ऊपरोक्त चिकित्सा गराए पश्चात पनि कान कराउने समस्या भई नै रह्यो भने यसको थप उपचार आवश्यक हुन जान्छ।
कान कराउने कारण : कान बज्ने यहि नै कारण हो भनेर ठोकुवा गर्न मिल्दैन किनभने यसका अनेकौं कारणहरु हुनसक्छन्।
टाऊकोमा चोटपटक लाग्नु
कानमा ईन्फेक्शन(संक्रमण) हुनु
कानमा जाम (ब्लोकेज) हुनु
कानै निर ठुलोआवाज्धामाका या विस्फोट हुनु
सर्दि(जुकाम, पिनास देखि मधुमेहसम्मको कुनैपनि रोगलाग्नु
रक्ताल्पता (एनिमिया) हुनु
मुटुको रोग
ऊच्च रक्तचाप
रगतमा थाइराईड (हार्मोन्स) को स्तर कम हुनु
कानमा कानेगुजि (वाक्स) जम्मा हुनु आदी ।
कामको अत्यधिक चापको साथै मानसिक तनावले पनि कान बज्ने समस्या सुरु हुन सक्छ। यस बाहेक एन्टिबायोटिक औषधिहरुको प्रयोग, स्प्रिन टेबलेट, मुत्रबर्धक (पिशावलागाउने) औषधि, एन्टिडिप्रेशनको औषधि तथा अत्यधिक रक्सिको सेवनले पनि व्याक्तिमा ’टाईटिनस’ कान कराउने समस्या सुरु हुनसक्छ।
जोखिमः कलकारखानामा कामगर्ने श्रमिकहरु, संगितकार तथा होहल्ला हुने वातावरणमा कामगर्ने मानिसहरु विषेशगरी जोखिमा हुनछन्। भने धुम्रपान गर्ने व्याक्तिहरुमा पनि टाइनिटस कान कराउने समस्या विकशित हुने खतरा बढी रहन्छ।
रोगको निदान : ईएनटि (नाक,कान,घाटी) रोग विषेशज्ञद्वारा यस रोगको परिक्षण हेतु एक किसिम को जाँच गराइन्छ। जसलाई अडियोमेट्री टेस्ट भनिन्छ। यो बहिरोपन नाप्ने तरिका हो। यसको रिपोर्ट हेरर चिकित्सकले के गर्ने भनि सल्लाह दिन्छन्।
भाविफल (प्रोग्नोसिस): यसको कुनै औषधि छैन। यसको ऊपचार भनेको कानमा (हेयरिङ एड) लगाउने हा। यसबाट प्रष्ट आवाज सुनिन्छ।
होमियोप्याथिक उपचार : होमियोप्थिक औषधिको विषेशता के हो भने यसको कुनै विनाशकारी प्रभाव हुँदैन। होमियोप्याथिक औषधिले सोझै हाम्रो शरिरको मुख्य नियन्त्रक अर्थात मस्तिष्क स्नायुहरुमा प्रभाव पारेर मस्तिष्कद्वारा पीडित अगं या ग्रन्थिलाइ दुरुस्त हुने प्रेरणा पठाउँछ। जुन एक स्वउपचारको सहि तरिका पानि हो। यि औषधिहरुलाई नियमानुसार प्रयोग गर्ने हो भने तपाईं यस टाईनिटस अर्थात कान बज्ने रोगबाट सदाका लागि सजिलै सित छुटकारा पाउन सक्नुहुनेछ।