धनगढीको निसर्ग अस्पतालमा दुर्विन प्रविधीबाट कपरटी निकालियो
सुदूरपश्चिममै पहिलो पटक धनगढीको निसर्ग अस्पतालमा दुर्विन प्रविधिबाट कपरटी निकालिएको छ। निसर्ग अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. नजमुस्सबा अन्सारीको टिमले दुर्विन प्रविधिबाट कपरटी निकालेको हो। अस्पतालका अनुसार दुर्विन प्रविधीबाट दार्चुलाकी ५० वर्षीय मैनादेवी ठगुन्नाको कपरटी निकालिएको हो। उनले आज भन्दा ११ वर्ष अगाडी दार्चुलामा नै संञ्चालन भएको शिविरबाट १२ वर्षको लागि कपरटी राखेकी थिईन्। विचमा महिनावारी रोकिएको थाहा भएपछि स्थानीय स्वास्थ्यकर्मी मार्फत निकाल्न खोज्दा कपरटी भाचिएको थियो। त्यसपछि मात्रै उनलाई धनगढी ल्याईएको मौनादेवीकी गाउले गिता ठगुन्नाले बताईन्। दुर्विनबाट कपरटी निकालिएको सुदूरपश्चिममै पहिलो पटक भएको अस्पतालको दावी छ।