सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा कार्यकर्ताबीच जग्गाको विषयमा झडप हुँदा ७ घाइते, ४ गम्भीर

२०७६ पुष १३, ०६:२६ खबर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा कार्यकर्ताबीच धनुषामा झडप भएको छ। कमला नगरपालिका वडा नम्बर ८ टेरहामा सडक बिस्तारको लागि जग्गा छुट्याउने विषयलाई लिएर नेता तथा कार्यकर्ताबीच शनिबार झडप भएको हो।

झडपमा ७ जना घाइते भएका छन्। घाइतेको मध्ये ४ जनाको अवस्था गम्भीर छ। टेरहा टोलका ५५ वर्षीय किशोरी दास, ५२ वर्षीय जगतनारायण यादव, २२ वर्षीय नरेशकुमार दास र शिवकुमार यादवको अवस्था गम्भीर छ। उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस