चिकित्सक संघको चुनावमा सुदूरपश्चिममा पहिलो दिन ५८ मत खस्यो
धनगढी: नेपाल चिकित्सक संघको २८औं कार्यकारिणी समितिका लागि आज शनिबार र भोली आइतबार दुई दिन उपत्यकाबाहिर मतदान हुँदैछ। सोही क्रममा धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा रहेको चिकित्सक संघको भवनमा शनिबार पहिलो दिन भएको मतदानमा ५८ मत खसेको छ।
सुदूरपश्चिम प्रदेशमा १ सय २ जना मतदाता रहेकोमा पहिलो दिन ५८ मत खसेको सहायक मतदान अधिकृत डाक्टर जगदिश जोशीले जानकारी दिए। प्रदेशको ९ वटै जिल्लाको मतदान केन्द्र संघको धनगढीस्थित सभाहलमा तोकिएको छ।
शनिबार बिहान ११ बजेदेखि शुरु भएको मतदानको समय ४ बजेसम्म रहेको थियो। आइतबार पुनः ११ बजेदेखि ४ बजेसम्म मतदान समय रहेको छ। संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा उत्रेका बताइएको छ।