स्वास्थ्य चौकीका कार्यालय सहयोगी मृत फेला
स्वास्थ्य चौकीका कार्यालय सहयोगी ४२ वर्षीय कर्णबहादुर थापा मृत फेला परेका छन। दैलेखको भैरबी गाउँपालिका–४ मा रहेको स्वास्थ्य चौकीमा सोमवार बिहान ११ बजेतिर पुगेर कार्यालयको काम गरी फर्किएका थापा घरमै मृत फेला परेका हुन।
घाटीमा गलबन्दीको पासो लगाएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर साँवदले जानकारी दिए।
थापाको शव पोस्टमार्टमका लागि दैलेख अस्पताल ल्याउने तयारी भइरहेको छ।