यसो गरे बढ्छ बच्चाको उचाईँ
बच्चाको उचाईँ नबढेर चिन्तित हुनुन्छ? यदि त्यस्तो हो भने खुवाउनुस् यहा भनिएका कुराहरु
बच्चाको सम्पूर्ण विकासका लागि दूधका साथै दूधबाट बनेका परिकारहरु पनिर, मख्खन, चीज, दही जस्ता खानेकुराको जरुरत हुन्छ जसमा प्रोटिन तथा क्याल्शियम हुन्छ। जसले बच्चाको मांशपेशी र हड्डी बलियो बनाउनुका साथै उचाइ बढ्नमा मद्दत गर्छ। साथै यी उपाय अपनाए पनि बाच्चा चाँडै बढ्छन्।
१. बढ्दै गरेका बालबालिका निद्रा पुग्ने गरी सुतेका छन् कि छैनन, ध्यान दिनुहोस्। उनीहरुका लागि कम्तीमा पनि १० देखि १२ घन्टा सुत्नु आवश्यक छ। सुत्दा ग्रोथ हार्मोन उत्पादन हुन्छ र वृद्धिलाई सघाउ र्पुयाउँछ। आराम नगर्दा पनि बच्चाको हाइट ठीकसंग बढ्दैन।
२. बच्चाको खानामा प्रोटिन, आइरन, भिटामिन र क्याल्सियम तत्वले भरपूर चिज सामेल गर्नुस्।
३. बच्चालाई घरबाहिरको खेलमा प्रोत्साहित गर्नुस्। खेलकूदबाट बच्चाको हाइट बढ्न सघाउ पुुग्छ। यसका अलावा स्ट्रेचिङ र ह्यांगिङ अभ्यास पनि गराउनुस्। दौडने, साइकल चलाउने र पौडी खेल्ने गर्नाले पनि हाइट बढ्छ।
४. बालबालिकालाई दैनिक योगा गर्ने बानी बसाउनुस्। हाइट बढाउनका लागि दिनहुँ सूर्य नमस्कार योगा गर्नु राम्रो हुन्छ।
५. बालबालिकालाई चिया, कफीको बानी पर्न नदिनुस्। यी चिजमा क्याफिन हुन्छन, जसले उनीहरुको वृद्धिमा असर पर्छ। दैनिक ८ देखि १० गिलास पानी पिउने बानी बसाल्न सिकाउनुस्।
६. बच्चाको तौल र हाइटबारे जानकारी लिइराख्नुस्। समय–समयमा चिकित्सकलाई देखाउनुस्। यदि बच्चाको विकासमा कुनै समस्या छ भने सुरुमै थाहा पाउँदा नियन्त्रण गर्न सजिलो हुन्छ। एजेन्सी