सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा पनि भेटियो ‘कोरोना भाइरस’ संक्रमित

२०७६ माघ १०, ०८:३१ खबर संवाददाता

चीनमा स्वास्थ्य संकट निम्त्याएको ‘कोरोना भाइरस’ नेपालमा पनि भित्रिएको पुष्टि भएको छ।

केही दिनअघि चीनको वुहानबाट नेपाल फर्किएकी एकजना नेपाली विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

शुक्रबार मन्त्रालयले पत्रकार सम्मेलन गरी वुहानबाट फर्किएकी एक विद्यार्थीको टेकुमा स्वास्थ्य परीक्षण गर्दा शंकास्पद देखिएको र उक्त ‘रिपोर्ट’लाई हङकङ पठाइएकोमा हङकङबाट कोरोना भाइरस पुष्टि भएको जानकारी दिएको छ।

उपचारपछि ती युवती कोरोनाभाइरसको लक्षणविहीन बने पनि उनलाई निगरानीमा राखिएको र उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरी निगरानी गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।

कोरोनाभाइरसले चीनमा महामारीको रुप लिँदै गएको छ । चीनबाट सो भाइरस अरु देशमा फैलिनेक्रममा छ।

कमेन्ट लोड गर्नुस