सुदूर नेपाललाई विश्वसँग जोड्दै

कसले खानुहुदैन करेला ?

२०७६ माघ १०, १०:५९ खबर संवाददाता

गर्भवती हुनुहुन्छ ?
करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्याउँछ। बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले त्यस्तो आवस्थामा करेला खाँदा ध्यान पुर्याउन जरुरी हुन्छ।

फर्टिलिटी समस्या भएमा
यदि फर्टिलिटीसम्बन्धी ओषधि लिइरहनुभएको छ भने करेला प्रयोग गर्दा ध्यान पुर्याउन आवश्यक छ। करेलाको प्रयोगले फर्टिलिटीसम्बन्धी औषधिको प्रभावलाई कम गर्छ र रोगको मात्रा बढ्दै जान्छ । त्यसैले यस्तो समस्या भएको पुरुष र महिलाले करेला प्रयोग गर्नु हितकर हुँदैन।

पायल्स छ ?
पायल्सको समस्या छ भने पनि तितेकरेलाबाट टाढै रहनुहोस्। किनकि, तितेकरेलाको प्रयोगले पायल्सको समस्यालाई थप बल्झाउन मद्दत गर्छ।

शल्यक्रियापछि
शल्यक्रिया गरेपछि पनि तितेकरेलाको प्रयोग गर्नु हुँदैन। यस्तो अवस्थामा करेला प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ। शल्यक्रिया भएको दूई हप्तापछि मात्र करेला प्रयोग गर्नु राम्रो हुन्छ।

जसमा कलेजोको समस्या छ ?
तितेकरेलाको अत्याधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न सक्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ। त्यसैले कलेजोको रोगबाट ग्रसित मानिसले करेलाको प्रयोग गर्नु हुँदैन।

महिनावारी समस्या
बढी करेला खानाले महिनावारीको समस्यामा अत्याधिक रक्तश्राव हुन सक्छ। त्यसैले महिनावारीको समस्या हुनेहरुले करेलाबाट टाढा रहन जरुरी छ।

जसलाई सुगर कम छ
करेलाको प्रयोगले मानिसमा सुगरको मात्रा सामान्यभन्दा पनि तल झर्न सक्छ। सुगरको मात्रा कम हुनेहरुले भने कहिल्यै पनि करेला खानु हुँदैन।

कमेन्ट लोड गर्नुस