प्रेमीले धोका दिएपछि यसरी बदला लिइन् प्रेमिकाले
साँचो माया भाग्यमानीलाई मात्र मिल्छ रे। तर, कसैले आफुलाई धोका दिएको थाहा पाउँदा पृथ्वी खसेको जस्तो महसुस हुने गर्दछ। कोही मानिस मायामा धोका हुँदा ऊसँग टाढा भएर जीवन अगाडी बढाउँछन् भने कोही उल्टै बदला लिने गर्छन्। यस्तै रोचक एउटा घटना अस्ट्रेलियामा भएको छ।
हिदी रुहोनेन २६ वर्षकी भइन्। उनलाई उनका प्रेमीले धोका दिएको र उनले लिएको बदलाको कारण निकै चर्चा भएको छ।
धोकेवाज प्रेमीको लागी सबक सिकाउनको लागी यी महिलाले फरक तरिका अपनाएकी छिन्। मेलबर्न विश्वविद्यालयकी यी छात्राले आफ्ना प्रेमीले झुटो माया गरेको थाहा पाएपछि उनको दिल टुटेको थियो। यसपछि उनले उनका प्रेमीलाई सबक सिकाउनु पर्ने महसुस गरिन्।
हिदीले आफ्नो प्रेमीसंग जोडिएका याद आउने सम्पूर्ण सामानहरु बेचिदिएकी छिन्। उनले प्रेमीले दिएका कपडा, जुत्ता, भिडियो गेम, फिल्म, किताब र स्पीकर जस्ता सबै सामान आफ्नै गाडी पार्किङमा सेलमा राखेकी थिइन्। यो सामान बेचेर आएको पैसाले लामो यात्रा गर्ने बताएकी छिन्।