जुम्ल्याहा बच्चाको बाबु फरक-फरक, तर कसरी ?
एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन्। ती जुम्ल्याहा बच्चाको बाबु फरक फरक भएको डिएनए जाँचबाट पुष्टि भएको छ।
घटना चीनको हो। ती महिलाका पतिले पत्नीमाथि शंका गर्दै डिएनए जाँच गराएका थिए। उक्त जाँचमा फरक फरक किसिमको अनुवांशीक रिर्पोट आएको थियो।
यस्तो रिर्पोट आएपछि झन डाक्टर देखि महिला, पुरुष सबैजना अचम्म्म मानेका थिए। उक्त रिर्पोट मान्न ती महिला तयार भइनन्। तर, उनी रिपोर्ट मान्न बाध्य भइन र साचो कुरा बाहिर ल्याइन्। ती महिलाले एक रात परपुरुषसंग सम्बन्ध राखेको र दुवैजनासंग एकैदिन सम्बन्ध राखेको प्रमाणित भएको छ।
डाक्टरहरुले पनि यस्तो घटना धेरै कम हुने बताएका छन्। उनीहरु पनि अन्योलमा परेका छन्। अहिले उनका पतिले दुइटै बच्चा स्वीकार गरेका छन्।