सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्तर कोरियाका अनौँठा तर रोचक १० तथ्य

२०७६ माघ १२, ०६:२२ खबर संवाददाता

उत्तर कोरियाको बिषयमा विभिन्न समयमा अनेक कुरा मिडियामा आउने गर्छन्। बाह्य देशका नागरिकलाई कोरिया प्रवेश सहज नभएका कारण पनि उत्तर कोरियाको बिषयमा धेरैलाई थाहा हुँदैन। पटक पटक आणविक परीक्षण गरेर कोरिया चर्चामा रहिरहन्छ। उत्तर कोरियाका केही रोचक बिषय तपाइलाई जानकारी नहुन सक्छ।

–उत्तर कोरियामा जिन्सका कपडा लगाउन प्रतिबन्धित छ। त्यसमा पनि व्लू जिन्सलाई कोरियाले अमेरिकाको पहिचान भन्दै त्यसमा प्रतिबन्ध लगाएको थियो। 

–उत्तर कोरियामा कुनै पनि पोर्न फिल्म हेर्न मिल्दैन। यदी कसैले पोर्न फिल्म हेरेको पत्ता लागेका उसलाई फाँसी हुन्छ। 

–उत्तर कोरियामा सैनिक र सरकारी अधिकारीलाई मात्र कार किन्ने छुट छ। 

–उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन हुन्। किमले आफ्ना काकालाई यसकारण मारे कि उनले गद्दारी गरेका थिए। किमले उनलाई भोकाएको कुकुरको पिजडामा हालेर मारेका थिए। 

–उत्तर कोरियामा भिखारीको तस्वीर खिच्न प्रतिबन्ध लगाइएको छ। (उत्तर कोरियाका महिलाले आफ्नो इच्छा अनुसार कपालको स्टाइल बनाउन पाउँदैनन्। 

–सरकारले महिलाका लागि २८ प्रकारका हेयर स्टाइल तय गरेको छ जसमध्ये कुनै बनाउन सक्छन्। 

– उत्तर कोरियामा रक्सी पिउनु पनि प्रतिबन्धित छ। एक पटक २०१३ मा उत्तरका एक सैनिक अधिकारीलाई रक्सी पिएको आरोपमा फासी दिइएको थियो। 

–उत्तरमा सरकारी टीभी बाहेकका टीभि हेर्नु गैरकानुनी हो। केही समयअघि अन्य देशका टिभी हेरेको आरोपमा ८० जनामाथि कारबाही भएको थियो। 

–उत्तर कोरियामा धार्मिक स्वतन्त्रता छैन। एक महिलालाई बाइबल सर्वसाधारणलाई बाडेको आरोपमा हत्या गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस