सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको प्राथमिक स्वास्थ्य केन्द्र चौरमाण्डौमा एक्सरे सेवा सुरु

२०७६ माघ १३, ०६:२२ खबर संवाददाता

अछाम: अछामको चौरपाटी गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चौरमाण्डौमा पहिलो पटक एक्सरे मेशिन जडान भएको छ। मेसिन जडान भएसँगै एक्सरे सेवा सुरु भइसकेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। 

सोमबार राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले एक्सरे मेसिनको उद्घाटन गरेका छन्। एक्सरे मेसिनको उद्घाटन पश्चात बोल्दै राष्ट्रियसभा सदस्य कुवँरले चौरपाटी गाउँपालिकाका जनताले सामान्य चोटपटक लाग्दा समेत अन्यन्त्रजानुपर्ने बाध्यताको अन्त्य भएको बताए। 

प्राथमिक स्वास्थ्य केन्द्र चौरमाण्डौँलाई राष्टिय बिमा बोर्डले एक्सरे मेसिन निःशुल्क रुपमा उपलब्ध गराएको न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकाश गौचनले बताए। जिल्लामा स्वास्थ्य बिमा लागु भएपछि राष्ट्रिय बिमा बोर्डले एक्सरे मेसिन उपलब्ध गराएको थियो।

न्याय हेल्थ नेपाल र चौरपाटी गाउँपालिकाको संयुक्त व्यवस्थापनमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन हुँदै आएको छ। 

कमेन्ट लोड गर्नुस