प्रेमीले चुमेपछि मृत्यु
क्यानडाको मन्ट्रियलमा एक महिला प्रेमीले चुम्बन गर्नासाथ मरिन्। उनको नाम मिरियम थियो। र, यो घटना सन् २०१२ को थियो।
२० वर्षीया मिरियम डुक्रेलाई बदामसँग एलर्जी थियो। चुम्बन गर्नुअघि प्रेमीले बदामको नौनी भएको स्यान्डविच खाएका थिए। जसका कारण मिरिमयको मृत्यु भयो।
उनीहरू एक पार्टीमा गएका थिए। त्यहीँ प्रेमीले मिरियमलाई चुम्बन गरेका थिए। उनकी आमा मिसेलिनका अनुसार उनीहरूको प्रेम नयाँ थियो। प्रेमीलाई मिरियमले आफूलाई बदामसँग एलर्जी भएको बताउन पनि भ्याएकी थिइनन्।
पार्टीमा मिरियमका ब्वाइफ्रेन्डले बदामको बटरयुक्त स्यान्डविच खाएका थिए। उनले चुम्बन गरेपछि मिरियमको अवस्था खराब भयो। उनलाई सास लिन गाह्रो भयो। त्यसबेला उनीसँग आपत्कालीन अवस्थामा चाहिने औषधि पनि थिएन। मिरियमले ब्वाइफ्रेन्डसँग सोधिन्, ‘तिमीले बदाम खाएको हो ?’ उनले ‘हो’ भने।
मिरियमलाई तत्काल अस्पताल पु¥याइएको थियो। डाक्टरहरूले उनलाई बचाउन पर्याप्त कोसिस गरे तर सेरेब्रल एनोक्सियाका कारण उनको मृत्यु भयो। उनको मस्तिष्कमा अक्सिजनको पूर्ति बन्द भएको थियो। ब्वाइफ्रेन्डलाई एक चुम्बनका कारण आफ्नी प्रेमिकाको ज्यान गएकोमा ठूलो पछुतो र दुःख भएको थियो। - एजेन्सी