शुद्ध सुन बग्ने नदि, खोज्नका लागि जहाँ कुनै रोकटोक छैन
या ठाउँमा मानिसहरू धनी बन्नका लागि पुग्ने गरेका छन्। क्यानडाको डासन सिटीकोअत्यन्तै दुर्गम स्थानमा रहेको क्लोनडाइक नदीको किनारमा बस्ती बसेको। नदीको पिँधमा भएको सुन लिन गएका मानिसहरू त्यही बस्तीमा बस्ने गरेका छन्।
सन् १८९६ मा जर्ज कार्मेक, चार्ली र जिम मेसनले यस नदीमा सुन भएको कुरा पहिलोपटक खुलासा गरेका थिए।
नदीमा सुन भएको खबर पाएपछि खोज्नेहरूको ताँती लाग्यो। सन् १८९८ मा त्यहाँ जम्मा १५ सयजना बस्थे भने अहिले त्यो संख्या बढेर ३० हजार पुगेको छ। डासन सिटी ओगिल्वी पर्वतशृंखलाले घेरिएको छ र त्यो दुई हजार किलोमिटर क्षेत्रमा फैलिएको छ। पहाडले उक्त शरहलाई जंगली जनावरहरूबाट बचाउँछ।
युकोन टेरिटोरीमा पर्ने यो ठाउँ पुग्न अलि कठिन छ। तर त्यहाँ पुग्ने मानिस प्राकृतिक सुन्दरता देखेर मन्त्रमुग्ध हुन्छ। प्रत्येक वर्ष ठूलै संख्यामा पर्यटकहरू त्यहाँ पुग्छन्। तीमध्ये केही मानिस सुन भेटिहालिन्छ कि भनी आशा गरेर गएका हुन्छन्।
सुन पाइने नदीको बालुवा मानिसहरूले थुपार्छन् र छान्न थाल्छन्। नदीको पानीलाई ससाना भाँडामा राखेर जमाइन्छ।
अनि जमेको बरफबाट सुनका टुक्रालाई अलग्याइन्छ। सुनका टुक्रा मोतीका दाना जस्ता वा पातलो पत्रका रूपमा पनि देखिन्छन्। तर जुन पायो त्यही बेलामा सुन पाइन्छ भन्ने छैन।
कठोर मेहनत गरेपछि मात्र सुनका टुक्रा भेटिन्छन्। सुन खोज्नका लागि त्यहाँ कुनै रोकटोक छैन। तर केही मानिस त्यहाँ गएर जमीन किन्छन् र त्यसबाट निस्केको सुनमा हक जमाउन खोज्छन्। – एजेन्सी