सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी किसानले किन खेतमा राखे सन्नीको तस्वीर ? कारण यस्तो

२०७६ माघ १४, ०८:१० खबर संवाददाता

भारतको आन्ध्र प्रदेशमा एक किसानले आफ्नो खेतमा बिकिनी लगाएकी सन्नी लियोनको पोस्टर राखेका छन्। यो पोस्टरका बारेमा खुबै हल्लाखल्ला भएको छ। 

पोस्टर लगाएदेखि आफ्नो फसल राम्रो भएको किसानको दाबी छ। नेल्लोर जिल्लाको बान्दाकिन्दीपल्ली गाउँका किसान ए चेंचू रेड्डीले फसल बर्बाद हुनबाट बचाउनका लागि पोस्टर लगाएको उनी बताउँछन्।

पोस्टरमा तेलुगु भाषामा लेखिएको छ, ‘मेरो डाढ नगर।’ सन्नीको पोस्टर लगाएपछि मानिसहरूले त्यही पोस्टर हेर्ने अनि फसलमाथि कुदृष्टि नलागेको उनको भनाइ छ। आफ्नो खेत सडकछेउमै भएकाले आउनेजाने मानिसले खेतको फसलमा आँखा लगाइदिएर बर्बाद गरिदिएको उनी बताउँछन्। उनले आँखा नलागोस् भनी अनेकौं जादूटुना गरेको भएपनि काम लागेन।

त्यसपछि उनको साथीले सन्नीको तस्वीर राख्न लगाए। त्यसपछि त मानिसहरू सन्नीलाई हेर्न थाले, फसलतिर ध्यान दिनै छोडे।  -एजेन्सी

कमेन्ट लोड गर्नुस