सुदूर नेपाललाई विश्वसँग जोड्दै

राति अबेरसम्म मोबाइल चलाउँदा आँखाको शक्ति गुम्नसक्छ

२०७६ माघ १४, १०:४१ खबर संवाददाता

अँध्यारोमा लामो समयसम्म स्मार्ट फोन चलाउने बानी घातक हुनसक्ने चिनियाँ चिकित्सकहरुले बताएका छन्। उनीहरुका अनुसार राति अबेरसम्म स्मार्ट फोन चलाउँदा आँखाको ज्योति मात्रै गुम्दैन, बच्चाहरुमा त आँखा टेढो हुनसक्ने समस्या पनि निम्तिन सक्छ। चिनियाँ एक युवामा स्मार्टफोन धेरै चलाउँदा आँखाको ज्योति गुमेपछि चिनियाँ चिकित्सकहरुले यो निष्कर्ष निकालेका हुन्। 

शान्जी प्रान्तका वाङ नामका एक युवाले राति अबेरसम्म मोबाइल चलाउने हुँदा उनका आँखामा समस्या देखिएको चिकित्सकहरुले बताएका हुन्। उनलाई आइस्ट्रोक भएको र उनको ज्योति एक झमटमै गुमेको चिकित्सकहरुले बताएका छन्। वाङलाई राति अबेरसम्म भिडियो गेम खेल्ने बानी लागेको थियो। 

चिकित्सकहरुले वाङमा सेन्ट्रल रेटिनल आर्टिओकक्लुसन नामको बिमारी भएको पहिचान गरेका छन्। यसलाई आँखाघात भनेर पनि बुझ्न सकिन्छ। आँखाको रेटिनामा अक्सिजन पुर्याउने धमनीहरु अवरुद्ध हुँदा यो रोग लाग्ने गर्छ। यसका कारण विश्वमा २ करोडभन्दा धेरै पीडित भएको जनाइएको छ। ती वाङको आँखामा पनि यही समस्या देखिएको र उनको ज्योति गुमेको हुनसक्ने चिकित्सकको अनुमान छ।

उता, वाङले दायाँ आँखाले फोनमा हेर्दा केही शब्द देख्ने गरेको र केही शब्द नदेखिने बताएका छन्। उनको यो बयानपछि चिकित्सकले उनको दृष्टिमा अत्यधिक जोड परेकाले उनको ज्योति गुमेको बताएका छन्। वाङ राति अबेरसम्म मोबाइलमा भिडियो गेम खेल्ने गर्थे।

मस्तिष्कमा हुने स्ट्रोकजस्तै जब आँखाको रेटिनासम्म पुग्ने रगतको प्रवाह रोकिन्छ, त्यसलाई आइस्ट्रोक भनिन्छ। यसका कारण हाम्रो आँखाको हेर्ने क्षमता कमजोर हुँदै जान्छ। -एजेन्सी

कमेन्ट लोड गर्नुस