संसारकै विषालु वनस्पति, छोए ज्यान जान सक्छ
मानिसहरु घरको छतमा बिभिन्न प्रजातीका वनस्पतिहरु लगाउँने गर्छन्। वनस्पतिले पर्यावरण स्वच्छ र सफा राख्छ। वनस्पतिबाट अक्सिजन प्राप्त हुन्छ। तर के तपाईलाई वनस्पतिलाई छुँदा मात्र पनि मानिसको मृत्यु हुने कुरा थाहा छ? यदि छैन भने हामी जानकारी दिनेँछौ। यो वनस्पतिको नाम हो होगविजा अर्थात् किलर ट्री। यसको वैज्ञानिक नाम हेरकिलम मेन्डाजिएनम हो। यो रुख ब्रिटेनको लंका शायर नदीको किनारमा पाइन्छ । यो वनस्पति एकदमै खतरनाक हुन्छ।
यो वनस्पति १४ फिट लामो हुन्छ। यो वनस्पतिलाई छोएको ४८ घण्टामा मानिसको मृत्यु हुने वैज्ञानिकहरुले बताएका छन्। यो वनस्पति देख्दा एकदमै राम्रो र आकर्षक देखिन्छ। तर यो वनस्पति भित्र सेन्स आइजिन्ग फुरानोक्यामारिन्सको रसायन हुन्छ। यो रुख यति आकर्षण हुन्छ कि मानिसहरु आफै रुख नजिक जाने गर्छन्। वैज्ञानिकहरुका अनुसार यो वनस्पति एउटा सर्पको विष भन्दा बिषालु हुन्छ। यो वनस्पति मानिसहरुले गल्तीे छोयो भने पनि केहि समयपछि तपाईका शरीरका छाला जल्न थालेको महशुस हुन्छ।
डाक्टरहरुका अनुसार यो वनस्पतिलाई छुँदा मानिसको आँखाको रोशनी पनि जान सक्ने खतरा हुन्छ। अहिले सम्म यसको औषधी बन्न सकेको छैन। एजेन्सी