नेविसंघकी पूर्वविद्यार्थी नेतृको अष्ट्रियामा निधन
नेपाल विद्यार्थी संघकी पूर्व नेतृ पार्वती अधिकारीको अष्ट्रियामा निधन भएको छ। त्रिभुवन बहुमखी क्याम्पस तानसेन पाल्पामा २०५५ देखि ५७ सम्म उनी स्ववियूको कोषाध्यक्ष थिइन्। नेविसंघका तर्फबाट निर्वाचित नेतृको क्यान्सरका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
२०३२ सालमा पाल्पाको रामपुरमा जन्मिएकी अधिकारी पाँच दाजुभाइ र ३ दिदीबहिनी मध्येकी एक हुन्। काठमाडौंको स्वयम्भूमा घर भइ हाल अष्ट्रियामा उनी परिवारसहित बस्दै आएकी थिइन्। श्रीमान् र दुई छोरा अनुपम र आयुष रहेका छन्। श्रीमान् र दुई छोरा हाल अष्ट्रियामै छन्।
अधिकारीको अन्त्यष्टि अष्ट्रियामा नै माघ १७ गते गर्ने तयारी छ।